default_image

3 years ago

March 22, 2023

मछिन्द्रलाई हराउँदै सगरमाथा इटहरी गोल्डकपको फाइनलमा

353 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– मोरङ सुन्दुरहरैचाको सगरमाथा युथ क्लब १३ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई बुधबार पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै सगरमाथा उपाधि नजिक पुगेको हो । प्रतियोगिताको साविक विजेता समेत रहेको समगरमाथाका लागि राजीव लोप्चन, स्टेफन र मेसुकेले गोल गरेका थिए । मछिन्द्रका लागि आफिज ओलावालले गोल गरेका थिए ।

चौथो मिनेटमा राजीवको गोलबाट अग्रता लिएको सागरमाथा पहिलो हाफमै २–० ले अघि लागेको थियो । स्टेफनले १२ औं मिनेटमा गोल थपेका थिए । मेसुकेले ५१ औं मिनेटमा गोल गरेपछि सागरमाथा थप मजबुद बनेको थियो । आफिजले खेल सकिन दुई मिनेट बाँकी रहँदा पेनाल्टीमार्फत गोल फर्काएपनि मछिन्द्र खेलमा फर्कन असफ रह्यो ।

म्यान अफ दी म्याच बनेका सगरमाथाका स्टेफनले १० हजार रुपैयाँसहित पदक प्राप्त गरे । सुन्दर हरैचा नगपालिकाका मेयर केदार गुरागाईले स्टेफनलाई पुरस्कार हस्तान्तरण गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार दुई ए डिभिजन टोली चर्च ब्याइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.