default_image

1 year ago

March 23, 2023

ओजिलको सन्यास

एजेन्सी – आर्सनल, रियल म्याड्रिड र जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । पछिल्ला समय टर्किस क्लब बसाकसेहिरमा रहेका ३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सन्यास लिएको घोषणा गरेका छन् । ‘यो अविस्मरणीय क्षण र भावनाले भरिएको अचम्मको यात्रा हो । मैले लगभग १७ वर्ष व्यवसायिक फुटबल […]

98 views

0 Bookmark

एजेन्सी – आर्सनल, रियल म्याड्रिड र जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

पछिल्ला समय टर्किस क्लब बसाकसेहिरमा रहेका ३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सन्यास लिएको घोषणा गरेका छन् ।

‘यो अविस्मरणीय क्षण र भावनाले भरिएको अचम्मको यात्रा हो । मैले लगभग १७ वर्ष व्यवसायिक फुटबल खेले । यो अवसरको लागि अविश्वसनीय रूपमा आभारी महसुस गर्छु । तर पछिल्लो समय लगातारको चोटका कारण फुटबल खेल्न छाड्नुपर्ने महसुस भएपछि छाड्ने निर्णय गरेको हुँ ।’ ओजिलले सामाजिक सन्जालमा लेखेका छन् ।

ओजिलले आफ्नो क्लब करियरमा चार एफए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधि सहित नौ उपाधि जितेका छन् । जर्मनीका लागि ९२ क्याप पनि जितेका उनी जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उापधि जित्दा उनी टोलीका सदस्य थिए ।

जर्मन क्लब साल्केबाट २००६–०७ मा व्यवसायिक खेल करिअर शुरु गरेका ओजिलले त्यसपछि वेडर ब्रेमेनमा तीन सिजन खेलेपछि स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । ओजिलले रियल म्याड्रिडबाट ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्न सफल भए ।

रियलमा तीन सिजन बिताएपछि उनी सन् २०१३ मा त्यसबेला क्लबको कीर्तिमानी मुल्य ४२.४ मिलियन पाउन्डमा इंग्लिस क्लब आर्सनलमा सामेल भएका थिए । त्यहाँ उनले आफ्नो प्रभाव जमाउँदा चारपटक एफए कप र एक पटक एफए कम्युनिटी शिल्ड जित्न सफल भए ।

प्लेमेकर ओजिल जनवरी २०१८ मा क्लबको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बने । तर, तत्कालिन प्रशिक्षक युनाई एमरीको नजरमा उनी पर्न सकेनन् । २०१९ मा एमरीको बर्खास्तीपछि उनी अन्तरिम प्रशिक्षक फ्रेडीको अधिनमा टोलीमा सामेल भए । त्यसपछि नयाँ प्रशिक्षक मिकेल अर्टेटा प्रशिक्षक बन्दा उनी टोलीमा समेटिए ।

सन् २०२१ मा फ्रि ट्रान्सफरमा फेनरवासमा पुगेका ओजिलले त्यहाँ दुई सिजन बिताएपछि उनी टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा सामेल भए ।

ओजिलले अन्तर्राष्ट्रिय स्तरमा जर्मनी वा टर्कीबाट खेल्न सक्थे तर ओजिलले आफ्नो जन्म भएको देशबाट खेल्ने निर्णय गरे । सन् २००९ मा युरो यू–२१ च्याम्पियनसिपमा इंग्ल्यान्डलाई पराजित गर्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए । त्यो अघि नै उनले जर्मनीको सिनियर टोलीमा डेब्यु गरिसकेका थिए ।

ओजिल पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भए । उनी २०१० विश्वकप र युरो २०१२ को सेमिफाइनलसम्म पुग्ने र २०१४ को विश्वकप जित्ने टोलीको हिस्सा थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग फोटो खिचाएकोमा आलोचना भएपछि उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुपरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.