3 years ago
March 23, 2023
सुनिल गाउँले, सिमरा
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १३ औं संस्करण आज (बिहीबार ) सुरु हुँदैछ ।

फ्लड लाइटमा साँझ ६ः०० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृती यूवा क्लब सिमरा र केबिएग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका ४ क्लब सहित १० टोलीको सहभागिता रहेको छ । ए डिभिजन टोली साविक विजेता न्युरोड टिम एनआरटी, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब तथा बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जनजागृती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

चैत १८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर पाउनेछन् । प्रतियोगिताका विधागततर्फका उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार रुपैयाँ पाउनेछन । आयोजकले यस वर्ष पनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार रुपैयाँले पुरस्कृत गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]