3 years ago
March 23, 2023
इटहरी (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेड इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

साविक उपबिजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले फाइनलमा सगरमाथा युथ क्लब, मोरङसँगको भेट पक्का गरेको हो । इटहरी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा चर्च ब्वाइजको जितमा पहिलो हाफमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो ।
२२औं मिनेटमा चर्च ब्वाइजको फ्रिकिकलाई क्लियर गर्न खोज्दा डिफेन्डर दीपक गुरुङले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा उक्त गोल नै निर्णायक बन्यो ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर पाएपनि थप गोल निस्कन सकेन । चर्च व्वाइजका फ्रान्कलिन कोटे टाला म्यान अफ दि म्याच घोषित भए । उनले १० हजाररुपैयाँसहित ट्रफी हात पारे ।
फाइनल चैत ११ गते शनिबार इटहरी रंगशालामा हुनेछ । राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]