3 years ago
March 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई रहेको ‘बी’ समूहमा परेको हो । समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।
प्यालेस्टाइनमा गत महिना भएको छनोटको पहिलो चरणमा नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको थियो । नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डलाई समान ६–० को अन्तरमा पराजित गरेको थियो ।
नेपालसँगै चीन, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान समूह विजेता बन्दै दोस्रो चरणमा छनोट हुन सफल भएका टोली हुन् ।
दोस्रो चरणका छनोट खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित जापान, उत्तर कोरिया र दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]