3 years ago
March 23, 2023
सुनिल गाउँले, सिमरा
भरतपुर फुटबल क्लब बिहीाबरबाट सिमरामा सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ ले हराउँदै भरतपुरले अन्तिम आठको यात्रा तय गरेको हो । सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक टोली घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।
भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मगरको क्रसलाई सदुपयोग गर्दै भिष्मलेले टोलीलाई अग्रता दिलाएका थिए ।
सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टोलीका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा पुर्याएका थिए ।

त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । सुनील श्रेष्ठलाई आयोजक टोलीका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनीलको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनीलकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए । आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]