3 years ago
March 24, 2023
एजेन्सी – भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे ।
स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा क्यान्सेलोको गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।
४७औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।

यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ । पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन । यही समूहको अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्यान्डलाई ३–० ले पराजित गरेको छ । बोस्नियाको जितमा रेड क्रुनिकले २ तथा अमर डेडिकले १ गोल गरे ।
लिचेस्टाइनविरुद्धको खेलसँगै रोनाल्डो पुरुषतर्फ राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै क्याप १९७ जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले विश्वकपमा १९६ क्यापमा कुवेतका फरवार्ड बदेर अल–मुतावासँग बराबरी गरेका थिए ।
क्वाटरफाइनलमा मोरक्कोसँग पोर्चुगल पराजित भएपछि उनको अन्तर्राष्ट्रिय भविष्यमाथि प्रश्नचिन्ह खडा भएको थियो । तर, पाँच पटकको बालोन डी’ओर विजेतालाई नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो प्रशिक्षणको पहिलो खेलमा नै कप्तान बनाएर सुरुवातमै खेलाए ।
लिचेस्टाइनविरुद्धको दुई गोलसँगै ३८ वर्षिय रोनाल्डोले अहिले पुरुषको कीर्तिमान १२० अन्तर्राष्ट्रिय गोल पु¥याएका छन् । सन् २००३ मा पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डो गत वर्ष कतारमा भएको विश्वकपमा गोल गर्दै पाँच विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए ।
रोनाल्डोले इतिहास रचिरहेका छन् । रोनाल्डोको पछिल्लो कीर्तिमानले मात्रै उनको हैसियतलाई सबै समयका महान् खेलाडीमध्ये एकको रूपमा प्रमाणित गरेको छ । रोनाल्डोले सात घरेलु उपाधि, ११ अन्य प्रमुख घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्व कप र एउटा युरोपेली च्याम्पियनसिप जितेको छ ।
पूर्व स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका फरवार्ड दुई पटक फिफाको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नोभेम्बरमा, ८ सय गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोको नाममा क्लब र देश दुवैमा कीर्तिमान छ ।
रोनाल्डोको केही कीर्तिमान
सर्वाधिक च्याम्पियन्स लिग गोल (१४०)
सबैभन्दा धेरै च्याम्पियन्स लिग खेल्ने (१८३)
सर्वाधिक च्याम्पियन्स लिगमा जित (५)
तीन च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी
पाँच पटक युरोपेली च्याम्पियनसिपको फाइनल खेलेको
युरोपियन च्याम्पियनसिपको फाइनलमा सर्वाधिक गोल (१४)
सबैभन्दा धेरै युरो र विश्वकप फाइनल गोलहरू (२२)
विश्व फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल (१२०)
मैत्रीपूर्ण बाहेकमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल १००)
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]