3 years ago
March 24, 2023
एजेन्सी – १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले युरोकप २०२४ को छनोटको पहिलो खेलमा इटालीलाई पराजित गरेकाे छ ।

इंग्ल्यान्डले घरेलु टोली इटालीमाथि २–१ को जित निकालेको हो । इंग्ल्यान्डको जितमा डिक्लन राइस र कप्तान ह्यारी केनले गोल गरे । इटालीका माटियो रेटेगुईले एक गोल फर्काए ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा डिक्लन राइसको गोलबाट इंग्ल्यान्डले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिन सफल भएको थियो ।
४४औं मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । बुकायो साकाको कर्नरमा जियोभानी डि लोरेन्जोले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् । यस गोलसँगै केन इंग्ल्यान्डको सर्वाधिक गोलकर्ता बनेका छन् ।
५६औं मिनेटमा माटियो रेटेगुईले गोल गर्दै इटालीलाई खेलमा फर्कने संकेत देखाए । उनले लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए ।
८०औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो । दुई मिनेटको अन्तरमा लुका शा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । तर, त्यसको फाइदा इटालीले उठाउन नसक्दा पराजय भोग्न पुग्यो ।
यस जितसँगै समूह ‘सी’ मा इंग्ल्यान्डले ३ अंब जोडेको छ । इटाली अंक विहीन छ । नर्थ म्यासेडोनियाको पनि ३ अंक छ । माल्टा अंक विहीन रहँदा युक्रेनले खेल खेलेको छैन ।
यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले माल्टालाई २–१ ले पराजित गरेको छ । म्यासेडोनियाका इल्जिफ इल्मास र डार्काे चुर्लिनोभले गोल गरे । माल्टाका यानकाम यान्निकले गोल फर्काए । खेलको अन्तिम समयमा म्यासेडोनिका प्रशिक्षक विलागोजा मिलभेस्कीले रातो कार्ड खाँदै टच लाइन छाड्न बाध्य भए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]