default_image

3 years ago

March 24, 2023

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित

393 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ ।

घरेलु मैदानमा अर्जेन्टिनाले पानमामाथि २–० को सहज जित हात पारेको हो । एक गोल युवा मिडफिल्डर थियागो अल्माडाको नाममा रह्यो ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।

७८औं मिनेटमा परिवर्तित खेलाडी अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ४६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान छिरेका अल्माडाले मेस्सीको फ्रिकिक क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा लियान्द्रो पारेडेसले भली प्रहार मिस गर्दा उनले गोल गर्न सफल भएका थिए ।

दुई फ्रिकिक क्रसबारमा लाग्दै फर्किएपनि मेस्सीले ८९औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यस गोलसँगै मेस्सीले व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.