default_image

3 years ago

March 24, 2023

जापान र उरुग्वेको बराबरी

212 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेले बराबरी खेलेका छन् । घरेलु टोली जापानले एक गोलले पछि परेको स्थिति उल्ट्याएर उरुग्वेलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

जापान राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा उरुग्वेका फेडे भाल्भेर्डेले गोल गर्दा घरेलु टोली जापानका ताकुमा निसिमुराले बराबरी गोल फर्काए ।

खेलको ३८औं मिनेटमा भाल्भेर्डेको गोलबाट उरुग्वेको अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई उरुग्वेले दोस्रो हाफमा बचाउन सकेन । एक गोलले पछि परेको जापानले बल पोसेसन राख्दै उरुग्वेमाथि दवाव बढाउँदा गोल गर्न सफल भयो ।

७५औं मिनेटमा ताकुमा निसिमुराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यि दुई टोलीले पछिल्लो पटक सन् २०१९ मा कोपा अमेरिका कपमा २–२ गोलको बराबरी खेलेको थियो । त्यसअघि सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जापानले ४–३ को जित निकालेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.