3 years ago
March 25, 2023
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गर्दै उनको स्थानमा थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बायर्नले मुख्य प्रशिक्षक जुलियन नागेल्समनलाई बर्खास्त गरेको केही समयमै टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन् ।
टुचेल सन् २०२५ सम्म बायर्नको मुख्य प्रशिक्षक रहनेछन् । ४९ वर्षीय जर्मन प्रशिक्षक टुचेल गत सेप्टेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेपछि जागिरविहीन बनेका थिए ।
टुचेल यसअघि जर्मन बुन्डेसलिगा क्लब अग्सवर्ग, माइन्ज र बोरुसिया डर्टमुण्डकै प्रशिक्षक रहेका थिए । टुचेलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सीको पनि प्रशिक्षण सम्हालिसकेका छन् ।
अन्तर्राष्ट्रिय विश्रामअघि बायर लिभरकुसेनसँग २–१ ले पराजित भएसँगै बायर्नले ३५ वर्षीय युवा प्रशिक्षक जुलियनलाई बर्खास्ती गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय विश्राममा उनी अष्ट्रियामा रहँदा नै बायर्नले उनलाई शुक्रबार बर्खास्त गरेको हो ।
१ जुलाई २०२१ देखि बायर्नको प्रशिक्षक रहेका जुलियनको प्रशिक्षणमा बायर्नले ८४ खेल खेल्दा ६० जित, १४ बराबरी र १० हारको नतिजा निकालेको छ ।
साविक विजेता बायर्न यस सिजनको बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको छ । बायर्न शीर्षस्थानको बोरुसिया डर्टमुण्डसँग १ अंकले पछि छ । डर्टमुन्डको ५३ तथा बायर्नको ५२ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]