3 years ago
March 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट अनुहारमा सुरक्षा मास्क लगाएर प्रशिक्षणमा फर्किएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगका दौरान चर्च ब्वाइज युनाइटेडका लागि खेल्दा चोट बोकेका अन्जनलाई प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध खेल विश्राम दिइएको थियो । लिग अन्तर्गत एन्फा कम्प्लेक्समा संकटाविरुद्ध भएको चौथो खेलमा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि उनले च्यासल मैदानमा पाँचौ खेलमा मच्छिन्द्रविरुद्ध खेलेनन् ।
चोटका कारण अन्तिम खेल गुमाएपछि त्यसबेला चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले अन्जन ६ सातासम्म विश्राम लिनुपर्ने बताएका थिए । तर राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले उनलाई टोलीमा समेटेका थिए । लाओसविरुद्ध खेलको अघिल्लो दिन भिन्सेन्जोले अन्जन फिट रहेको र लाओसविरुद्ध खेल्ने सम्भावना रहेको बताएका थिए । तर लाओसविरुद्ध अन्जनले खेलेनन् । खेलपछि भने अनेसेले अन्जनलाई खेलाउन हतार नगर्ने बताएका थिए ।

अन्जन यसै महिना मात्र भारतबाट फर्केका हुन् । आइ लिगमा केन्क्रे एफसीका लागि खेलेका उनले चर्च ब्वाइजसँग अनुबन्धन गरेका थिए । अन्जनले ए डिभिजन लिगमा एक खेल मात्र खेलेका छन् । उनले शनिबार पूर्ण प्रशिक्षणमा सामेल भए । अनुहारमा लागेको चोटबाट बच्न अन्जनले सुरक्षा मास्क लगाएका हुन् ।
नेपालले थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानको सामना गर्दैछ । आज शनिबार भुटान र लाओसबीच खेल हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले शुक्रबार फाइनल खेल्नेछन् ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]