काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत शनिबार जारी लिगको दोस्रो खेलमा लाओस र भुटान खेल्दैछन् । पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ ।

लाओसले खेलमा अग्रता लिएपनि भुटान स्टार फरवार्ड चेन्चो ग्याल्सेनको गोलसँगै खेलमा फर्किएको हो । खेलको तेस्रो मिनेटमा नै लाओसले अग्रता लिएको थियो । बोन्पाचान बोन्कोंगले गोल गर्दै लाओसलाई अघि बढाए । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको प्रहार गोलरक्षक छिरिङ धोन्दुपले बचाउन सकेनन् ।
खेलको ३४ औं मिनेटमा भुटानले बराबरी गोल गर्यो । फरवार्ड चेन्चो ग्यालेसनले भुटानका लागि उत्कृष्ट गोल गरे । निमा वाङदीले मिडफिल्डबाट खेलेको लामो पासलाई चेन्चोले छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा फिनिस गरे । लाओसले डिफेन्सबाट खेलेको बल निमाले रोक्दै खेलेको लामो पासमा गोल सम्भव भएको थियो ।
यस खेलमा भुटानले जित हासिल गरे नेपाल र भुटान थ्री नेसन्सको फाइनलमा प्रवेश गर्नेछन् । लाओसले बराबरी मात्र खेलेपनि नेपाल फाइनल पुग्ने पक्का हुनेछ । पहिलो खेलमा लाओसलाई २-० ले हराएको नेपाले समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग खेल्नेछ । फाइनल शुक्रबार हुनेछ ।