default_image

3 years ago

March 25, 2023

चर्च ब्वाइजलाई हराउँदै सगरमाथा इटहरी गोल्डकप च्याम्पियन

279 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा स्तब्ध पार्दै साविक विजेता सगरमाथा युथ क्लब मोरङ १३औं संस्करणको इटहरी गोल्डकप च्याम्पियन बनेको छ ।

शनिबार इटहरी रंगशालामा भएको फाइनलमा चर्च ब्वाइजलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सगरमाथाले उपाधि रक्षा गरेको हो ।

गत वर्षको समेत विजेता रहेको सगरमाथाले टाइब्रेकरमा विवेक बर्मा, स्टेफन विनोङ समिर, राजीव लोप्चन, अभिषेक लिम्बु र मेसुके ओलोमोेउले गोल गरे । चर्च ब्वाइजका फ्रान्कलिन कोटे टाला, रञ्जित पाण्डे, मिलन राई, बेम्पा, प्रिसोले गोल गरे ।

टाइब्रेकरमा ५–५ को बराबरीपछि सडनडेथमा सगरमाथाका महेन्द्र कार्कीले गोल गर्दा चर्च ब्वाइजका मनोज राईले गोल गर्न सकेनन् । त्यसअघि निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बु घोषित भए । उनले १० हजारसहित मेडल हात पारे ।

उपाधि जितेसँगै विजेता सगरमाथाले नगद १० लाखसहित ट्रफी हात पारेको छ । उपबिजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सगरमाथाका कप्तान महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १ लाखसहित ट्रफी हात पारे ।

आयोजक राजा क्लबका असिम राई उदियमान खेलाडी घोषित हुँदै ३२ इन्चको एलइडी टिभी जिते । मछिन्द्र फुटबल क्लबका आफिज ओलावाले सर्वोेत्कृष्ट गोलकर्ता बन्दै ३० हजारसहित ट्रफी हात पारे ।

सगरमाथाका स्टेफन उत्कृष्ट फरवार्ड, सगरमाथाकै विशाल बस्नेत उत्कृष्ट डिफेन्डर, सगरमाथाकै देव लिम्बु उत्कृष्ट गोलरक्षक र सगरमाथाकै याम गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिदा चर्च ब्वाइजमा मौसम लिम्बु उत्कृष्ट मिडफिल्डर घोषित भए । व्यक्तिगत विधाका विजेताले समान २० हजारसहित मेडल प्राप्त गरे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा गत शनिबारदेखि शुरु भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमको सहभागिता रहेको थियो ।

गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन, इटहरी उपमहानगरपालिकाको संयोजन तथा खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेको आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्त डुम्जनले बताए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.