default_image

3 years ago

March 27, 2023

विमल चम्कँदा विराटनगर फाइनलमा

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगर चम्कँदा विराटनगर सिटी फुटबल क्लब सातौं विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

तस्वीर सौजन्य: विराट गोल्ड कप

विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर उपाधि नजिक पुगेको हो । विराटनगरका लागि स्टेफन बिनोङ र अभिषेक गुरूङले गोल गरे । चोटका कारण पछिल्लो १० दिनदेखि विश्राममा रहेका विमल विराटनगरको दुवै गोलमा संलग्न रहे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

५९ औं मिनेटमा विराटनगरका बिनोङले अग्रता दिए । विमलले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले रोकेपनि बिनोङले रिबाउन्डलाई गोलमा परिणत गरे । ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले दिएको पासमा अभिषेकले गोल गरे । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट टप कर्नरमा सुन्दर गोल गरे ।

तस्वीर सौजन्य: विराट गोल्ड कप

खेलको अन्त्यतिर जावलाखेलले लगातार अवसर गुमायो । ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार पोस्टभन्दा बाहिर गयो । लगत्तै सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विमल पारे । दोस्रो हाफको इन्जुरी हिसुब थपलियाले सान्तवना गोल फर्काएपनि नतिजा बदल्न भने सकेन ।

विराटनगरका बिनोङले प्लेयर अफ द म्याच बन्दै ११ हजार रुपैयाँ पाए । मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.