default_image

3 years ago

March 28, 2023

विश्व उपविजेता फ्रान्सको संघर्षपूर्ण जित

289 views

0 Bookmark

एजेन्सी – विश्व उपविजेता फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको छ ।

फ्रान्सले घरेलु टोली आयरल्यान्डमाथि १–० को जित निकालेको हो । एभिभा स्टेडियम डब्लिनमा सोमबार राति भएको खेलमा फ्रान्सको जितमा दोस्रो हाफमा डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उनले ५०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

अघिल्लो खेलमा नेदरल्यान्ड्समाथि ४–० को जित निकाल्दा सानदार प्रदर्शन गरेको फ्रान्सले आयरल्यान्डविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि निकै नै फितलो खेल पस्केको थियो ।

खेलको अन्त्यतिर भने दवाव झेलेको फ्रान्सलाई गोलरक्षक माइक मेइकनानले दुई सुन्दर बचाउँ गर्दै टोलीलाई खेलमा कायम राखे ।अन्तत पाभार्डको त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

यस जितसँगै समूह ‘बी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो खेल खेलेको आयरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.