default_image

3 years ago

March 28, 2023

एके र डिपाएको गोलमा नेदरल्यान्ड्स विजयी

205 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर नाथर एकेले दुई तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड मेम्फिस डिपाएले एक गोल गरेसँगै नेदरल्यान्ड्सले युरो २०२४ को छनोटमा पहिलो जित हात पारेको छ ।

घरेलु मैदानमा नेदरल्यान्ड्सले १० ख्लाडीमा समेटिएको जिब्राल्टारमाथि ३–० को सहज जित हात पारेको हो । फेइजेनुर्डमा सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गर्यो ।

खेलको २३औं मिनेटमा डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए । उनले डेन्जेल डम्फ्रेजको पासलाई सदुपयोग गरे । त्यसपछिको दुवै गोल नाथन एकेको नाममा रह्यो ।

५०औं मिनेटमा नाथन एकेले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । नाथनले डेन्जेलकै पासमा गोल गर्न सफल भएका थिए । गोल खाएको अअर्काे मिनेटमा नै जिब्राल्टार १० खेलाडीमा समेटिन पुग्यो ।

माट्स वेइफेरमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले लियाम वाल्करलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि जिब्राल्टारको खेलमा फर्कने सम्भावना पनि टाढियो ।

त्यसपछि ८२औं मिनेटमा एकेले डाले ब्लिन्डको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई युरो छनोटमा पहिलो जित दिलाए । नेदरल्यान्ड्स पहिलो खेलमा फ्रान्ससँग ४–० ले पराजित भएको थियो ।

पहिलो जितसँगै नेदरल्यान्ड्स दुई खेलबाट ३ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ । जिब्राल्टार दुई खेलबाटै अंकविहीन हुँदै पुछारमा छ । एक खेल खेलेको ग्रीस ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा आयरल्यान्डले पनि अंकको खाता खोल्न सकेको छैन । फ्रान्स ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.