3 years ago
March 28, 2023
एजेन्सी – युरो २०२४ को छनोट अन्तरगत समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्वीडेन विजयी भएका छन् । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ को पूनरागमन जित निकालेको हो ।

अष्ट्रियाको जितमा फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।राइफफेइसेन एरिना लिन्ज अष्ट्रियामा सोमबार राति भएको खेललको १७औं मिनेटमा माइकल पेनाल्टीमा चुक्दा घरेलु टोली अष्ट्रिया अग्रता लिनबाट चुकेको थियो ।
२५औं मिनेटमा राउनोले गोल गरेपछि अष्ट्रिया खेलमा पछि परेको थियो । ६८औं मिनेटमा फ्लोरिएनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८८औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई जित दिलाए ।

यही समूहको अर्काे खेलमा स्वीडेनले अजरवैजानमाथि ५–० को फराकिलो जित निकालेको छ । स्वीडेनको फराकिलो जितमा इमिल फोर्सवर्ग, भिक्टोर ग्योकेरेस, जस्पर कार्लसन र एन्टोनी इलांगाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
यस नतिजासँगै समूह ‘एफ’ मा अष्ट्रिया ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि बेल्जियम दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ । इस्टोनिया र अजरवैजान अंकविहीन छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]