default_image

3 years ago

March 28, 2023

बंगलादेशसँग नेपालको बराबरी

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा साफ यू–१७ महिला च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपाल घरेलु टोली बंगलादेशसाग बराबरीमा रोकिएको छ ।

नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको हो । बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालकी सेनु परियारले गोल गर्दा बंगलादेशकी एमएसटी सागोरिकाले बराबरी गोल फर्काइन् ।

खेलको आठौं मिनेटमा सेनु परियारको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । तर त्यो अग्रतालाई नेपालले दोस्रो हाफमा जोगाउन सकेनन् । ७५औं मिनेटमा सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीसँगै बंगलादेशको पनि उपाधि जित्ने सम्भावना सकिएको छ । बंगलादेशले ४ खेलबाट ७ अंक जोड्यो । यसअघि नै उपाधि होडबाट बाहिरिएको नेपालले ४ खेलबाट ४ अक बटुल्यो । भुटान अंकविहीन हुँदै बाहिरिसकेको छ ।

आज नै भारत र रसियाबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलबाट नै विजेताको टुंगो लाग्नेछ । रसिया ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै भारतको ६ अंक छ । भारतलाई च्याम्पियन बन्न जित आवश्यक रहँदा रसियालाई बराबरी नै पर्याप्त हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.