3 years ago
March 28, 2023
धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूरपश्चिम–११ छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।
सुदूरपश्चिमको जितमा आयुष श्रेष्ठले ह्याट्रिक पुरा गर्दा स्वामी हार्दिकले एक गोल गरे । खेलको पाचौं मिनेटमै स्वामी हार्दिकको गोलबाट सुदूरले अग्रता लिन सफल भएको थियो ।
३०औं मिनेटमा आयुषले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै सुदूरको अग्रता दोब्बर पारे । त्यसपछि आयुषले ५१औं र ६३औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रिक पूरा गरे । उनी नै खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद १० हजार रुपैयाँ जिते ।
पुलिसले पाएको अवसर सदुपयोग गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । अब सुदूरपश्चिमले थ्री स्टार क्लवसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेल चैत १६ गते बिहीबार हुनेछ ।
प्रतियोगिता अन्तरगत बुधबार मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]