3 years ago
March 28, 2023
विराटनगर (हाम्रो खेलकुद) – भारत केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक सहभागिता जनाएको लुका सकरले विराटनगरको सहिद रंगशालामा मंगलबार दोस्रो सेमिफाइनलमा साविक विजेता एपिएफलाई टाइब्रेकर ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

निर्धारित र अतिरिक्त गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक रहे । सनफिर खेलको म्यान अफ द म्याच घोषित भएर उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
सनफिरले एपिएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपिएफका गोलकिपर राजु नगरकोटीको प्रहार बारमा लागेपछि लुकाको जितको आधार तयार भएको थियो ।
एपिएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरेका थिए । लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए । क्यामुदिनको प्रहार भने एपिएफका गोलकिपर राजुले रोके । लुकाले बिहीबार हुने फाइनलमा विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २० लाख १५ हजार रुपैयाँ र दोस्रो हुने टोलीले १० लाख २५ हजार प्राप्त गर्ने छ । प्रतियोगिताका विधागततर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]