3 years ago
March 28, 2023
एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको कीर्तिमानी गोलमा भारतले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किर्गिस्तानलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भारतले किर्गिस्तानमाथि २–० को सहज जित हात पारेको हो । भारतको जितमा सन्देश झिनगन र कप्तान सुनिल क्षेत्रीले गोल गरे ।
खुमन लाम्पक मेन स्टेडियम इम्पल भारतमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा सन्देशको गोलबाट भारतले सुरुवाती अग्रता लिन सफल भएको थियो ।
त्यसपछि ८४औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले पेनाल्टीका गोल गर्दै भारतको जित पक्का गरे । किर्गिस्तानविरुद्ध पेनाल्टीमा गोल गरेसँगै सुनिल पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडीको सुचीमा पाँचौ स्थानमा उक्लिएको छ । उनले हंगेरीका फेरेन्स पुस्कासलाई पछि पारेका हुन् । ३८ वर्षीय सुनिलले १३३ क्याप जित्दा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
पुरुषतर्फ सर्वाधिक गोलकर्ताको सुचीको शीर्षस्थानमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका छन् । दोस्रो स्थानमा इरानका अली दाई छन् । उनले १४८ खेलमा १०९ गोल गरेका छन् ।
तेस्रो स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी छन् । उनले १७३ खेलमा ९९ गोल गरेका छन् । चौथो स्थानमा मलेसियाका मोख्तर दाहरि छन् । उनले १८२ खेलमा ८९ गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]