default_image

10 years ago

September 20, 2015

विभागीय डर्बीमा आर्मी र सशत्रको परिक्षा

185 views

0 Bookmark

त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बलको टोली विभागिय डर्बीमा आमने सामने हुँदैछन्|

Nawyug

लिगको अंकतालिकामा गोलअन्तरले तलमाथि परेका दुवै विभागिय टोलीको समान १४ अंक रहेको छ| आर्मीले यसअघिको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो| चोटका समस्याले सताएको पुलिस विरुद्ध आर्मीका नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए|

अर्कोतर्फ ए.पि.एफ् भने थ्रि स्टार क्लबसंग ४-१को पराजय भोग्दै जारी लिगमा दोश्रो हार व्यहोर्न बाध्य भयो|

आर्मी क्लबले जारी लिगमा एउटा पनि खेल हारेको छैन र जम्मा तिन गोल मात्र खाएको छ| आजको जित हात पार्न सके आर्मी अंक तालिकको शिर्ष स्थानमा पुग्नेछ

थ्रि स्टारसंगको खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा एन्फाविरुद्ध आक्रमक देखिएका कृष्ण थापाले झापा र मोरङविचको खेललाई मिलेमतोको आरोप लगाएपछि विवदमा तानिएका थिए| विवादमा तानिएका थापालाई चौतर्फी आक्रमण खेपिरहेका छन् भने उनले एन्फा समक्ष स्पष्टिकरण पनि पेश गर्नु परेको थियो| खेल वाहिरको परिस्थितिले दवावमा रहेका थापा खेलभित्र कस्तो प्रदर्शन देखाउँछन् भन्ने कुरा आजको नतिजाले बताउनेछ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.