default_image

3 years ago

March 29, 2023

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

407 views

0 Bookmark

एजेन्सी – कप्तान तथा फरवार्ड लियोनेल मेस्सीको ह्याट्रिक मद्दतमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार फराकिलो जित दर्ता गरेको छ ।

अर्जेन्टिनाले कोन्काफको कुराकाओमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे ।

पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा मेस्सीले १७ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

२०औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ३३ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो ३७औं ह्याट्रिक हो । कुराकाओमाथिको ह्याट्रिकसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले १०२ गाेल गरेका छन् । उनीभन्दा अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो (१२२) र इरानका अली दाई (१०९) गोल रहेका छन् ।

२३औं मिनेटमा निकोलस गोन्जालेजले तथा ३५औं मिनेटमा एन्जोले गोल गरेका थिए । ७८औं मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.