default_image

3 years ago

March 30, 2023

पुजनले फाइनल खेल गुमाउने

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ ।

नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा पुजनले सुरुवाती रोजाइमा खेलेका थिए । नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हालेका उनी फाइनलमा भने उपस्थित नहुने भएका छन् । लाओस र भुटान दुवै टोलीविरुद्ध पहेंलो कार्ड खाएका उनले फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताको नियम अनुसार दुई पहेंलो कार्ड खाएपछि अर्को खेल गुमाउने नियम रहेको छ ।

पुजनले लाओसविरुद्ध ७२ औं मिनेट र भुटानविरुद्ध ८० औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । पुजनको अनुपस्थितिसँगै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले टोलीमा परिवर्तन गर्नुपर्ने भएको छ । फरवार्ड अन्जन विष्ट पनि भुटानविरुद्ध खेलमा चोट बोकेपछि नखेल्ने सम्भावना छ । उनको ढाडमा चोट लागेपछि डाक्टरले उनलाई विश्राम लिन सुझाव दिएका छन् ।

दशरथ रंगशालामा शुक्रबार साँझ ५:३० बजे हुने नेपाल र लाओसबीच हुने फाइनल खेल फिफा मान्यता प्राप्त खेल भने होइन । प्रतियोगिताको फाइनल भएपनि फिफा मितिमा एक टोलीले अधिकतम दुई अन्तर्राष्ट्रिय खेल मात्र खेल्न पाउँछ । सोहि अनुसार प्रतियोगिताको समूह चरणको सबै खेल फिफा मान्यता प्राप्त थिए । फाइनल खेलको तथ्यांक खेलाडी र टोलीको आधिकारिक राष्ट्रिय टोली तथ्यांकमा जोडिदैन । यसले फिफा वरीयतामा पनि असर गर्दैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.