3 years ago
March 30, 2023
धनगढी (हाम्रो खेलकुद) – लेवनानी गोलरक्षक मोहम्मद ताहले टाइब्रेकरमा दुई पेनाल्टी बचाएपछि आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै थ्री स्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको खेलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै १० खेलाडीमा समेटिएको थ्री स्टारले फाइनलमा मनाङ– मर्स्याङ्दी क्लबसँगको भेट पक्का गरेको हो । फाइनल शनिबार हुनेछ ।
टाइब्रेकरमा थ्री स्टारका कप्तान विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र सिफामान्डलाले गोल गर्न सफल भए । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीले गोल गर्दा त्यसपछि विष्णु चौधरी र विमल ओलीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक मोहम्मद ताहले रोक्दै टोलीलाई फाइनलको बाटोमा डोर्याए ।
सुदूरपश्चिमले अन्तिम समयमा गोलरक्षक आकाश बुढाको स्थानमा दीपक बोहोरालाई मैदानमा पठाएपनि उनले पेनाल्टीमा कुनै प्रहार रोक्न सकेन । थ्री स्टार पहिलो हाफमै १० खेलाडीमा सेमटिन पुगेको थियो । ४४औं मिनेटमा दिपेश गुरुङ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि थ्री स्टार समस्यामा परेको थियो ।
तर, कप्तान विक्रम लामाको गोलबाट थ्री स्टारले खेलको ८३औं मिनेटमा अग्रता लिन सफल भएको थियो । तर, थ्री स्टारले त्यो अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोलरक्षक मोहम्मद ताहले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई जाली चुमाउँदै माधव भण्डारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । यस जितसँगै थ्री स्टारले तिलोत्तमा गोल्डकपमा सेमिफाइनलमा भोगेको हारको बदला लिन सफल भएको छ । त्यसबेला थ्री स्टार निर्धारित समयमा १–० ले पराजित भएको थियो । थ्री स्टारका विक्रम लामा ‘एसपीए म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि क्यामरुनको एभिनिर फुटबल क्लबलाई ६–० ले हराउँदै मनाङ–मर्स्याङ्दी क्लब प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]