3 years ago
March 30, 2023
सुनिल गाउँले, सिमरा
‘ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सिमरा रगंशबालामा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो ।

उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले गोल गरे । फ्लडलाईटमा भएको खेलमा एनआरटीलाई दबाबमा राखेको चर्च ब्वाईजका लागि १६ औं मिनटमा ओउसो बेम्पाले पेनाल्टी मार्फत अग्रता दिलाए ।
आक्रामक मुभ बनाएका चर्च ब्वाईजका रञ्जितलाई एनआरटी कप्तान विक्रम धिमालले डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री नविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरे । दुई खेलाडी बिट गरिसकेको अवस्थामा चर्चका रञ्जितविरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए ।
खेलको ५३ औं मिनटमा गोलरक्षक पुजन होनाको गल्तीका कारण एनआरटी २–० ले पछि प¥यो । डिफेण्डर अजय चौधरीको ब्याकपास नियन्त्रणमा लिएर पनि गोलरक्षक पुजनले समयमै क्लिएर नगर्दा त्यसको फाइदा चर्च ब्वाईजले उठायो । चर्च ब्वाइजका रञ्जितले एनआरटीका गोलरक्षक पुजनको खुट्टाबाट बल खोस्दै सहजै गोलमा परिणत गरिदिए ।
करिब ७ हजार दर्शकको उपस्थिती रहेको खेलमा दुबै टिमले केहि आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुकेका थिए । खेलको नवौं मिनटमा चर्च ब्वाईजका मिलन राईको प्रहार साइड बारमा लागेर बाहिरीयो । डिबक्स भित्र रञ्जित पाण्डेले दिएको सुन्दर पासमा मिलनको सशक्त प्रहार साइडबारमा लागेर बाहिरिएको थियो ।
पहिलो हाफमा एनआरटीलाई पूर्ण दबाबमा राखेको चर्च ब्वाईजले खेलको १२ औं मिनटमा अर्को अवसर गुमायो । मनोज राईको क्रसबलमा रञ्जितको हेडर बल एनआरटीका गोलरक्षक पुजनले पंच गरेर क्रसबार माथि पठाए । खेलको ३० औं मिनटमा चर्च ब्वाईजका कमल श्रेष्ठको प्रहार साइडबारमा लागेर बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई उनले सहि दिशा दिएका थिए ।
खेलको ४६ औं मिनटमा एनआरटीका गोलरक्षक पुजन होनाले चर्च ब्वाईजले पाएको अवसरलाई विफल पारे । कमल श्रेष्ठको कर्नर बलमा रञ्जित पाण्डेको हेडर बल पुजनले दोश्रो पटकको प्रयासमा पञ्च गरेर बाहिर पठाए । गोललाईन नजिकबाट रिवाउण्ड बलमा रञ्जितले उत्कृष्ट हेडर प्रहार गरेका थिए ।
खेलको ३३ औं मिनटमा एनआरटीका कप्तान विक्रम धिमालले चर्च ब्वाईजविरुद्ध बराबरीको अवसर खेर फाले । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामा उत्कृष्ट पास निकालेका थिए तर विक्रमले बल प्रहारका लागि चर्चको रक्षापंक्ती तोड्न सकेनन् ।
२–० ले पछि परिसकेको अवस्थामा खेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनटमा चर्चका अफ्रिकी गोलरक्षक प्रिसो बाधक बने । कृतिस रत्न चुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिक निकालेको बलमा अशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यसलगतै ५६ औं मिनटमा एनआरटीले अर्को अवसर गुमायो । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामै निकालेको सटिक पास सञ्जिब बिष्टले सम्हाल्न नसक्दा एनआरटीले पाएको सुनौलो अवसर गुमायो । सञ्जिबले सम्हाल्न नसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाए ।
खेलको ६० औं मिनटमा एनआरटीका सञ्जिब विष्टले अर्को अवसर गुमाए । सनम लिम्बुले डिबक्स भित्र निकालेको बल नियन्त्रणमा लिएरपनि समयमै पोष्टको दिशा दिन नसक्दा चर्चका डिफेण्डरले क्लिएर गर्ने मौका पाए । जितसंगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबसंगको भेट पक्का ग¥यो । शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको छ ।
खेलको ज्योती विकास बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । उनलाई जीतपुर सिमराका वडाध्यक्ष हिराबहादुर गुरुङ्ग र ज्योति विकास बैंकका सिमरा शाखा प्रमूख भरत आचार्यले पुरस्कार प्रदान गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]