3 years ago
March 30, 2023
विराटनगर (हाम्रो खेलकुद) – छ दशकपछि घरेलु टोली विराटनगर सिटी (बिसिएफ) ले सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० ले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालिन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । ६० वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न सफल भयो ।
विराटनगरले आफैले आयोजना गरेको गोल्ड कपको उपाधि जित्न ६ दशक कुनुप¥यो ।विराटनगर सिटीले उपाधिसँगै २० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गर्यो । जितको लागि विराटनगर सिटीका अफिज ओलवाले, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावालेले गोल गर्दै टोलीलार्य अग्रता दिलाए । विलमले निकालेको लामो पासलाई अफिजले गोलमा परिणत गरेका थिए । ७८ औं मिनेटमा विमलले पेनाल्टी एरियाबाट गोल गर्दै गोलअन्तर दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए ।
खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरे । विमलले निकालेको पासलाई मेसुकेले गोल गरेका हुन् । इन्जुरी समयमा अभिषेकले गोल गर्दै टोलीको जित पक्का गरे । फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

फाइनलमा विधागत रुपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए ।
उत्कृष्ट फरवार्ड भारतको चाजिज क्युराको, उत्कृष्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । विराटनगरका देवेन्द्र तामाङ्ग उत्कृष्ट रक्षक घोषित भए । विराटनगर सिटीका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँललगायतले पुरस्कार बितरण गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]