3 years ago
March 31, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता हुने महिला ओलम्पिक एसियन छनोटका लागि २२ सदस्यीय टोलीको अन्तिम छनोट भएको छ ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध चैत २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटका लागि टोलीको घोषणा गरेका हुन् । दशरथ रंगशालामा दुवै खेल साँझ ६ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २२ खेलाडी छनोट गरेको हो । सपना राई, प्रीति राई, निर्मला विक, रजनी थोकर, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्य बाहिरिएका छन् ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर र उषा नाथ
डिफेन्डर – समिक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना र सृजना चेम्जोङ
मिडफिल्डर – रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
फरवार्ड – अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]