default_image

3 years ago

March 31, 2023

फाइनलमा नेपालको टोलीमा तीन परिवर्तन

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट ३ खेलाडी परिवर्तन गरेका छन् ।

पहेंलो कार्डका कारण प्रतिबन्धमा रहेका पुजन उपरकोटीको स्थानमा मणि लामा सुरुवात गर्दैछन् । त्यस्तै भुटानविरुद्ध गोल गरेका दिपक राज सिंह ठकुरीले नवयुग श्रेष्ठको स्थान लिएका छन् । त्यस्तै घाइते अन्जन विष्टको स्थानमा मनिष डाँगी सुरुवात गर्दैछन् ।

यसबाहेक टोलीमा डिफेन्समा कुनै परिवर्तन छैन । गोलरक्षक किरण चेम्जोङसँगै रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र विकास खवासले डिफेन्स सम्हाल्नेछन् । मिडफिल्डमा मणिसँगै नविन लामा र एरिक विष्ट नियमित छन् । दिपक र मनिषसँगै आयुष घलानले आक्रमण सम्हाल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.