default_image

3 years ago

March 31, 2023

नेपाललाई थ्री नेसन्स कपको उपाधि

435 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो ।

लाओसले सुरुवाती अग्रता लिएको केहि मिनेटमै नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।

खेलको १७ अ‍ौं मिनेटमा लाअ‍ोसले अग्रता लियो । उत्कृष्ट पासिङ मुभमा निर्मित आक्रमणलाई फोथाभोंग सांग्भिलेले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि सान्ग्भिलेले सहजै गोल गरे ।

२२ अ‍ौं मिनेटमा नेपालको बराबरी गर्ने प्रयासमा गोलरक्षक सेसाभाथ बाधक बने । नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रयास गोलरक्षकले बचाएका थिए ।

२४ अ‍ौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

लगत्तै नेपालले अग्रता लिने अवसर गुमायो । मनिषले विंग ब्याकलाई बिट गरेपछि पेनाल्टी क्षेत्र भित्र कटब्याक गर्दै नविनलाई दिए । नविनले ६ यार्ड बक्स अगाडीबाट दिएको पास आयुषले गोल गर्न सकेनन् ।

दोस्रो हाफको ५५ औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् ।

६१ औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

६९ औं मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।

खेलको ८७ औं मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.