default_image

3 years ago

March 31, 2023

जीतपुर सिमरा गोल्ड कप – जसले जितेपनि सिजनको पहिलो उपाधि

322 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार दुई ए डिभिजन टोली चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने फाइनलमा दुबै टोली सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् ।

जारी सिजनमा दुबै टिम उपाधि विहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र हिमालयन शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उपविजेतामा सिमित भए ।

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधिको खडेरीलाई अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भएलगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।

काठमाण्डौ पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुरसिमराको उपाधिले उर्जा थप्ने दुबै टोलीका प्रशिक्षक र कप्तान बताउँछन् । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधि उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि लिएर लिगको सुरुवात गर्न चाहन्छन् ।

‘यो उपाधी हाम्रो लागि निकै महत्वपूर्ण छ । हामीसंग राम्रो टिम छ तर उपाधि जित्न सकेका छैनौं’ हुमागाईले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधि जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं । बी डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपिएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न हिमालयन शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टोली हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा प्राप्त गर्न सकेको थिएन् ।

फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको टोली दोस्रो पटक उपाधि उचाल्ने अवसर खेर फाल्न चाहदैन् । हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताए । पत्रकार सम्मेलनमा उपस्थित हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ र चर्चका कप्तान मिलन राईले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको बताए ।

शनिवार साँझ सिमरा रगंशालाको फ्लड लाईटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा गोल्ड कपका विजेता

२०७८ न्युरोड टिम एनआरटी

२०७७ संकटा क्लब

२०७५ थ्रीस्टार क्लब

२०७४ त्रिभुवन आर्मी क्लब

२०७३ संकटा क्लब

२०७२ विजय युथ क्लब हेटौंडा

२०७१ त्रिभुवन आर्मी क्लब

२०७० नव जनजागृति युवा क्लब सिमरा

२०६९ मनाङ मस्र्याङदी क्लब

२०६८ मनाङ मस्र्याङदी क्लब

२०६७ हिमालयन शेर्पा क्लब

२०६६ मजदुर सहिद स्मृति क्लब

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.