10 years ago
September 20, 2015
काठमाडौं, असोज ३ गते ।
नेपाल यु-१६ फूटबल टिमले आज एफसी कपको छनोत चरणको अन्तिम खेल ओमान बिरुद्ध खेल्दै छ । नेपालले यस अघिको दुई खेलमा जोर्डनलाई २-१ र आयोजक किर्गिस्तानलाई ४-२ ले हराएको थियो ।
यस समुह बि मा नेपाल ६ अकंले पहिलो स्थानमा छ र आज ड्र मात्र गरेको खण्डमा पनि नेपाल भारतमा हुने फाइनल चराणको लागि छनोट हुनेछ । नेपाल अगिल्लो चोटी पनि समुह चरणमा बिजेता हुँदै अर्को चरणमा प्रवेश गरेको थियो । नेपाल यो भन्दा अगाडी ३ चोटी छनोट भएको थियो तर आजको खेल नेपालले जितेमा तीनै खेल जितेको भनेको यो पहिलो पल्ट हुने छ ।
यो समुह निकै कठिन मनिएको समुह थोयो, नेपाललाई नै सबै भन्दा कमजोर आकिएको थियो । नेपालले पहिलो खेल मा नै जोर्डनलाई स्तब्ध बनाउदै २-१ को नतिजा निकल्यो भने दोस्रो खेल मा बलियो आयोजक सँग पहिलो हाल्फमा गोल पछी परे पनि दोस्रो हल्फ मा ४ गोल हन्दै पुनरागमन गर्यो ।
खेल भन्दा अगाडी कोच उपेन्द्र मान सिंह ले भने,” २ खेल जितेको भएर खेलाडीहरुको मनोबल उच्च छ । तर हामी अलिकति शतर्क भएर खेल्नु पर्छ । हामी आफ्नो नर्मल खेल खेल्ने छौं । ओमान राम्रो टिम हो तर हामी सवै खेल जितेर दोस्रो चरणमा छनोट हुन चाहान्छौ ।”
खेल नेपाली समय २ :४५ मा सुरु हुने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]