default_image

1 year ago

April 1, 2023

फिफा र राखेपसँग रकम माग गर्ने एन्फाको निर्णय

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचित ३ उपाध्यक्षसहित कार्यसमितिका १० जनाको अनुपस्थिति रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको शनिबार बसेको आकष्मिक बैठकले विश्व फुटबल महासंघ (फिफा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) विभिन्न शिर्षकले बजेट माग गर्ने निर्णय गरेको छ ।

फाइल तस्बिर

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले सहिद स्मारक बी डिभिजन लिग सञ्चालन झण्डै ४ करोड र सहभागी हरेक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ तथा जिल्ला लिग सञ्चालनका लागि फिफासँग माग गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

एन्फाको जिल्ला कार्यालय सन्चालनका लागि २ लाख रुपैयाँ दिने, जिल्लाको फुटबल सामाग्रीहरुको लागि १ लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ । ए, बी, सि डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि एन्फाले प्राप्त गर्ने अनुदानको विभिन्न शिर्षकबाट रकम निकासाका लागि फिफा र एएफसीलाई अनुरोध गर्ने एन्फाले अर्को निर्णय गरेको छ ।

प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगिताको पुरस्कार रकम ९ हजार ५ सय अमेरिकी डलर तथा नेपाली राष्ट्रिय बफुटबल टोलीको बसोबास खर्च तथा ए, बि र सि डिभिजन लिग सन्चालनका लागि अपुग रकम राखेपसँग माग गर्ने निर्णय पनि एन्फाले गरेको छ ।

त्यस्तै एन्फाले फिफाको सहयोगमा निर्माण गर्ने पुर्वाधारको कार्यक्रम बारे सम्भावना, सहभागिता र जग्गा प्राप्तीको अवस्था वा जग्गा भाडामा प्राप्त गर्ने अवस्थालाई हेरि फुटबल मैदान निर्माणका लागि एन्फामा आवद्ध जिल्ला संघहरु र क्लबहरु लगायत सदस्य संस्थाहरुलाई आन्तरिक रुपमा पत्राचार गरि प्रस्ताव माग गर्ने अर्को निर्णय पनि एन्फाले गरेको छ ।

शुक्रबार सम्पन्न थ्री नेसन्स कपमा सहभागिता जनाएकोमा समेत एन्फाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएको छ । त्यस्तै एन्फाले थ्री नेसन्स कप विजेता नेपाली टोलीका खेलाडीसहितको टोलीलाई नगद पुरस्कार दिनका लागि राखेपमार्फत सरकारसँग माग गर्ने निर्णय एन्फाले गरेको छ ।

कार्यसमितिका १० अनुपस्थित
एन्फा कार्यसमितिको आकाष्मिक बैठकमा एन्फाका असन्तुष्ट पक्ष तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसी र दीपक खतिवडासहित १० जना अनुपस्थित रहे । बैठकमा उपस्थित नहुने सदस्यहरुमा भोजराज शाही, पेमा डोल्मा लामा, रविन्द्र चन्द, रमेश व्यन्जनकार, महेन्द्र क्षेत्री, मनीष जोशी र रुपेश अधिकारी थिए ।

एन्फा महासचिव किरण राईले शनिबार बिहान ९ः०० बजे एन्फा कम्प्लेक्समा कार्यसमितिको आपकालिन बैठकमा उपस्थित हुन पदाधिकारी तथा सदस्यहरुलाई बिहीबार पत्र काटेका थिए । बैठकमा कोरम नपुग्ने देखिएपछि एन्फाले शनिबार बिहान जुमबाट पनि बैठकमा सहभागी हुन सक्ने भन्दै लिंक पठाएको थियो । तर, असन्तुष्ट पक्ष भने जुममा पनि सहभागी नभएको बताइएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति ११ जनाको उपस्थिति रहेको बताएका छन् । उनले भने, ‘हामी ११ जना बैठकमा छौं । त्यसमा दुई जना सदस्य सरिला श्रेष्ठ र अनिल मल्ल जुमबाट जोडिनु भएको छ ।’ एन्फाले उपलब्ध गराएको भिडियोमा एन्फा कार्यसमिति, मनोनितहरु, एन्फा अन्तर्गत विभिन्न समितिका प्रतिनिधिको उपस्थिति थियो ।

यसअघि फागुन १७ गते भएको एन्फा कार्यसमितिको बैठक पनि विवादित बनेको थियो । असन्तुष्ट पक्षले महासचिव राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने मागलाई एजेन्डामा समावेश गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । महासचिव र कोषाध्यक्षको बर्खास्तसहित असन्तुष्ट पक्षले ५ बुदाँलाई बैठकको एजेन्डामा समावेश गर्न एन्फा अध्यक्ष नेम्बाङ तयार नभएपछि आफूहरुले बैठक बहिष्कार गरेको असुन्तुष्ट पक्षले बताउँदै आएको छ ।

त्यति बेला पनि तीन उपाध्यक्षसहित १० जनाले बैठक बष्हिकार गरेका थिए । त्यसका वावजुद पनि कोरम पुगेको भन्दै एन्फा कार्यसमितिको निर्णय सार्वजनिक भएको थियो । असन्तुष्ट पक्षले त्यसलाई आफूहरुले स्वीकार नगरेको बताउँदै आएको छ ।
त्यसकैको निरन्तरताका रुपमा त्यसलाई बैधानिकता दिनका लागि बैठक डोकेको आशंकामा आफूहरु बैठकमा उपस्थित नभएको उपाध्यक्ष केसीले बताएका छन् ।

‘विना एजेन्डा आपकालिन बैठक भनिएको छ । अघिल्लो बैठककलाई हामीले अवैधानिक भनेका छौं,’ उनले भने, ‘त्यसैलाई बैधानिकता दिने प्रयासमा यो बैठक बस्न लागेको हामीलाई आशंका छ । हामी उपस्थित नभएपछि अहिले जुम बैठक भनिएको छ । हामी त्यसमा पनि जोडिएनौं । ’

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.