3 years ago
April 3, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । युनाइटेड घरेलु टोली न्यूक्यासल युनाइटेडसँग २–० ले पराजित भएको हो ।

न्यूक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि युनाइटेड खेलमा १–० ले पछि पर्यो ।
उनले एलन सेन्ट म्याक्सिमिनको पासमा हेडरमार्फन गोल गर्न सफल भएका थिए । त्यसपछि ८८औं मिनेटमा कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को हार चखाए । विल्सनले काइरन ट्रिपिएरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित युनाइटेडको ५० अंक नै भएपनि गोल अन्तरमा चौथो स्थानमा झरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]