3 years ago
April 3, 2023
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीमाथि सानदार जित दर्ता गरेको छ । नेपोलीले घरेलु मैदानमै मिलानसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

मिलानको जितमा राफायल लियोले दुई तथा ब्राहिम डियाज र एलेक्सिस साइलमेकर्सले समान एक गोल गरे । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको १७औं मिनेटमा राफायल लियोको गोलबाट मिलानले अग्रता लिन सफल भयो ।
२३औं मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि मिलानले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ५९औं मिनेटमा राफायल लियोले सान्द्रो टोनालीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई सहज जिततर्फ अघि बढाए । ६७औं मिनेटमा एलेक्सिसले गोल गर्दै नेपोलीलाई घरेलु मैदानमै ४–० को लज्जास्पद हार चखाए ।
यस जितसँगै मिलान २८ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नेपोली ७१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपोलीले शीर्षस्थानमा अझै १६ अंकको अग्रता कायम गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]