3 years ago
April 3, 2023
एजेन्सी – लन्डन क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएसँगै पछि चेल्सीले सात महिनाभन्दा कम समयमै प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।

सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि पोटरको प्रशिक्षणमा ३२औं खेलमा चेल्सीको यो १२औं हार हो । यो सिजन खेलाडी अनुबन्धमा ५५० मिलियन पाउन्डभन्दा बढी रकम खर्च गरेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा झरेको छ । शीर्ष चारभन्दा १२ अंकले पछि छ ।
क्लबका मालिकहरूले पोटरलाई बर्खास्त गर्नमा ‘निराश’ भएको बताएका छन् । ‘जहिले पनि व्यावसायिकता र इमान्दारीताका साथ काम गरेका छन् । हामी सबै यस नतिजाबाट निराश छौं ।’
चेल्सीका मालिक टोड बोहलीले प्रशिक्षक र व्यक्तिको रूपमा ग्राहमको लागि उच्च सम्मान रहेको बताएका छन् । ब्राइटनमा पोटरसँग काम गरेका ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन् ।
चेल्सीले मंगलबार प्रिमियर लिगमा लिभरपुलसँग र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ । पोटरको बर्खास्तसँगै यस सिजन प्रिमियर लिगमा १३ प्रशिक्षक परिवर्तन भएका छन् । लेस्टरले आइतबारै ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको थियो ।
‘हाम्रा अविश्वसनीय फ्यानहरूसँगै हामी सबै सिजनको बाँकी खेलमा ध्यान केन्द्रित गर्नेछौं ।’ मालिक बोहलीले भने, ‘हामीसँग प्रिमियर लिगका १० खेलहरू बाँकी छन् र च्याम्पियन्स लिगको क्वाटरफाइनल पनि छ । हामी ती प्रत्येक खेलमा सबै प्रयास र प्रतिबद्धता राख्नेछौं र सिजन समाप्त गर्नेछौं ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]