default_image

3 years ago

April 4, 2023

दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज रोकियो

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ ।

चर्च ब्वाइजले एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । च्यासल मैदानमा मंगलबार भएको खेलमा चर्च ब्वाइजमा आशिष चौधरी र कप्तान अनन्त तामाङले गोल गर्दा एनआरटीका रोहन खड्गी र सरोज तामाङले गोल गरे ।

खेलको २०औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान अनन्त तामाङले फ्रिकिमा सुन्दर गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए ।

७१औं मिनेटमा रोहन खड्गीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै चर्च ब्वाइजलाई जितबाट वञ्चित गराए ।

यस बराबरीसँगै चर्च ब्वाइजले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेकोछ । एनआरटी ६ खेलबाट ३ अंक जोडेर १३औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.