6 months ago
April 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले २०२४ पेरिस ओलम्पिक छनोट अन्तर्गत पहिलो चरणको खेलमा बुधबार भिएतनामको सामना गर्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । नेपालले आफूभन्दा फिफा वरीयतामा निकै माथि रहेको भिएतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल वरीयताको १ सयौं स्थानमा रहँदा भिएतनाम भने ३३ औं […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले २०२४ पेरिस ओलम्पिक छनोट अन्तर्गत पहिलो चरणको खेलमा बुधबार भिएतनामको सामना गर्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।
नेपालले आफूभन्दा फिफा वरीयतामा निकै माथि रहेको भिएतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल वरीयताको १ सयौं स्थानमा रहँदा भिएतनाम भने ३३ औं स्थानमा छ । समूह सी मा यसअघि नेपाल र भिएतनामसँगै अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भिएतनामले दुई लेगमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
नेपालका प्रशिक्षक अनन्तराज थापाले गत साता नै २२ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । डिफेन्डर सिर्जना चेम्जोङलाई पहिलोपटक टोलीमा समेट्दै उनले टोली घोषणा गरेका हुन् । नियमित डिफेन्डर गीता राना र मिडफिल्डर प्रिती राइ घाइते हुनुले नेपाली टोलीलाई असर गरेको छ । यससँगै साफ च्याम्पियनसिप खेल्दाका तीन अनुभवी खेलाडी सन्न्यास लिँदा नेपालले नयाँ रक्षापंक्ति खेलाउने देखिन्छ । आक्रमणमा भने नेपाल बलियो देखिन्छ ।
प्रशिक्षक अनन्तराज थापाले खेलको पूर्वसन्ध्यामा गीताको अनुपस्थितिले टोलीलाई असर पर्ने बताए । ‘गीता उत्कृष्ट खेलाडी हुन् । उनको अनुपस्थितिमा हामीले समिक्षा घिमिरे र अमृता जैशीलाई सेन्टर डिफेन्समा खेलाउने प्रयास गरेका छौं । टोलीमा नियमित खेल्ने खेलाडी नहुँदा समस्या त हुन्छ नै, तर नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।
फरवार्ड सावित्रा भण्डारीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा उच्च प्रदर्शन गरेकी थिइन् । प्रशिक्षक थापाले त्यो बलियो पक्ष भएकाले नेपालले आक्रामक रणनीतिमै खेल्ने बताए । ‘हाम्रो आक्रमण राम्रो छ । त्यसैले विपक्षीको खेल भन्दा पहिला हामी आक्रामक सुरुवात गर्नेछौं । त्यसपछि खेल अनुसार रणनीति परिवर्तन गर्ने छँदै छ,’ उनले भने । नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालले जितका लागि खेल्ने बताइन् ।
भिएतनामका मुख्य प्रशिक्षक माइ दुक चुङले पनि सावित्राबारे आफ्नो टोलीलाई थाहा भएको बताए । ‘हामीले नेपालको खेल नहेरेपनि केहि भिडियो हेर्ने अवसर पायौं । जर्सी नम्बर ९ उत्कृष्ट खेलाडी हुन् । हामी यहाँ प्रतिस्पर्धा गर्न आएका हौं र सामान्य खेलको रुपमा लिने छैनौं,’ उनले भने ।
भिएतनामकी कप्तान ह्युन न्हूले नेपालविरुद्ध सचेत भएर खेल्ने बताइन् । ‘हामीले भारत र नेपालको खेल हेरेका छौं । नेपालविरुद्ध खेल्नका लागि तयार छौं । हामी जितेर अघि बढ्न चाहन्छौं तर विपक्षीलाई कमजोर लिएका छैनौं,’ पोर्चुगिज क्लब लान्ककी फरवार्डले भनिन् ।
दुई लेगको खेलपछि विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो खेल शनिबार दशरथ रंगशालामा हुनेछ ।
September 23, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]