default_image

3 years ago

April 5, 2023

नेपालमाथि भियतनामको जित, सावित्राको सान्त्वना गोल

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोट अन्तर्गत भियतनामले पहिलो खेलमा नेपाललाई ५-१ ले हराएको छ ।

पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल थप्यो । दोस्रो हाफमा सावित्रा भण्डारीले गरेको गोल सान्तवना सावित भयो । भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षणको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो ।

खेलको दशौं मिनेटमा अमिषा कार्कीले नेपाललाई अग्रता दिलाउने सुवर्ण अवसर गुमाइन् । दिपा शाहीको क्रसमा डिफेन्स लाइन बिट भइसकेको अवस्थामा अमिषाले वन भर्सेस वनमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

लगत्तै अर्कोतर्फ भियतनामले गोल गर्यो । बायाँ विंगबाट थि थुएट दुंगले दिएको क्रसलाई फाम माइ यनले हेडरमार्फत गोलमा परिणत गरिन् । २१ औं मिनेटमा माइ यनकै हेडर क्रसबारमा लागेर फर्कंदा थुएट दुंगको प्रहार एन्जिलाले बचाइन् ।

२७ औं मिनेटमा सावित्रा भण्डारीको क्रसमा दिपा शाही बलसम्म पुग्न सकिनन् । ३४ औं मिनेटमा फ्रिकिकमा क्लियर हुन नसकेको बललाई अमिषाले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेपनि गोलरक्षक खोंग थि हांगले बचाइन् ।

३५ औं मिनेटमा भियतनामले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर समिक्षा घिमिरेको हातमा बलले लागेपछि रेफ्रीले पेनाल्टी दिए । कप्तान ह्युन न्हूले पेनाल्टीमा सहजै गोल गर्दै भियतनामलाई २-० को अग्रता दिलाइन् ।

लगत्तै भियतनामले अर्को गोल थप्यो । दायाँ विंगमा थुएट दुंगले दिएको लो क्रसलाई थि बीच थुएले गोल गरिन् । उनको अन्तिम प्रहार डिफेन्डर अमृता जैशीलाई लाग्दै पोस्टतर्फ जाँदा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा बिट भएकी थिइन् ।

दोस्रो हाफको ४८ औं मिनेटमा भियतनामले अर्को गोल थप्यो । होआङ थि लोनको क्रसमा कप्तान न्हूले गरेको हेडर गोलरक्षक एन्जिलाले रोक्न सकिनन् ।

७९ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । सरु लिम्बुले मिडफिल्डबाट खेलाएको थ्रु पासमा अफसाइड ट्रयाप बिट गर्दै सावित्राले गोलरक्षकलाई बिट गर्दै सुन्दर फिनिस गरिन् ।

८५ औं मिनेटमा हिरा भुजेलको क्रसमा सरुले फ्लिक गरेपछि पेनाल्टी क्षेत्र भित्रबाट सविता रानामगरले गरेको प्रहार भियतनामकी ट्रान थि थुले गोललाइन अगाडिबाट क्लिअर गरिदिइन् । लगत्तै दिपाको कर्नरमा सावित्राको हेडर गोलरक्षकको हातमा पुग्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा गुएं थि थान न्हाले ३५ यार्ड टाढाबाट गोल गरिन् । थानको शक्तिशाली प्रहार गोलरक्षक एन्जिलाको टाउको माथिबाट गोल भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.