3 years ago
April 5, 2023
हिमाल खरेल, मेचीनगर
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर पुजन उपरकोटी झापा धुलाबारीमा बुधबार सम्मानित भएका छन् । धुलाबारी जेसीजकोे ४४ औँ स्थापना दिवसको अवसरमा धुलाबारी स्थायी घर भएका पुजनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष योगेश राजवंशीले जानकारी दिए ।

पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा उनलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । पुजनलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको जेसीजका प्रेस संयोजक विनिशा शर्माले जानकारी दिइन् ।
पुजनले २०७७ कात्तिक अन्तिममा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । पुजनले झापा ११ एफसीबाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यु २३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

हालै सम्पन्न प्रधानमन्त्री थ्रि नेसन्स कपको सुरुवाती दुवै खेलमा पुजनले सुरुवाती रोजाइमा खेलेका थिए । उनले नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हालेका थिए । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियनसिपमा उनी मछिन्द्र फुटबल क्लबबाट खेलिरहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]