3 years ago
April 6, 2023
एजेन्सी – न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेडले पनि सफलता हात पारेका छन् ।

न्यूक्यासलले वेस्ट ह्याम युनाइटेडमाथि ५–१ को सानदार जित निकालेको हो । न्यूक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले समान दुई गोल गर्दा एलेक्सान्दर इसाकले एक गोल थपे । वेस्ट ह्यामका कर्ट जुमाले एक गोल फर्काए ।
लन्डन स्टेडियम लन्डनमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा कलुम विल्सनको गोलबाट न्यूक्यासलले अग्रता लिन सफल भयो । उनले एलान सेन्ट म्याक्सिमिनको पासा गोल गर्न सफल भए । १३औं मिनेटमा जोइलिन्टने गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । उनले फावियनको पासलाई सदुपयोग गरे ।
४०औं मिनेटमा कर्ट जुमाले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । उनले जरोड बोवेनको पासमा गोल गर्न सफल भएका थिए । ४६औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि न्यूक्यासल सहज जिततर्फ अग्रसर बन्यो ।

८२औं मिनेटमा इसाकले गोल गर्दै न्यूक्यासललाई ४–१ ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयमा जोइलिन्टनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
यस सानदार जितसँगै न्यूक्यासल २८ खेलबाट ५३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम २७ अंक जोडेर १५औं स्थानमा छ ।
अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ब्रेन्टफर्डलाई १–० ले पराजित गरेको छ । युनाइटेडको जितमा पहिलो हाफमा मार्कस रासफर्डले गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा मार्सेल सवित्जरको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै युनाइटेड २८ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ५३ अंक नै रहेपनि न्यूक्यासल गोल अन्तरमा अघि छ । पराजित ब्रेन्टफर्ड २९ खेलबाट ४३ अंक जोडेर नवौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]