3 years ago
April 6, 2023
धनगढी (हाम्रो खेलकुद) – बाजुराकाे रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीबार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको दोस्रो मिनेटमा नै गौरव रावतको सुन्दर हेडर गोलमार्फत बाजुराले अग्रता लिएको थियो । ४०औं मिनेटमा दिनेश रेग्मीले गोल गर्द रानीवनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५३औं मिनेटमा चक्र बलायरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि पुलिस खेलमा फर्कन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । रानीवनका मिलन रेग्मी प्लेयर अफ दी म्याच चुनिए । प्रतियोगिता अन्तरगत शुक्रबार बर्दिया र कञ्चनपुरको टिम प्रतिस्पर्धा गर्नेछन् ।
गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजनामा जारी प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]