3 years ago
April 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका सफल खेलाडीमध्येका एक सन्तोष साहुखल सात वर्षपछि थ्री स्टार क्लब फर्केका छन् । केहि दिन अघि जापानबाट फर्केका सन्तोष दुई दिन अघि थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भइसकेको क्लबले जनाएको छ ।

जारी सिजनका लागि उनले क्लबसँग औपचारिक सम्झौता पनि गरिसकेका छन् । स्कुलले विधार्थी हुँदा थ्री स्टारबाटै व्यवसायिक खेल जीवनको सुरुवात गरेका सन्तोषले टोलीबाट पछिल्लो पटक २०७२ मा राष्ट्रिय लिग खेलेका थिए । उनी राष्ट्रिय लिग चल्दा चल्दै जापान गएका थिए । दुई वर्षअघि घरेलु फुटबलमा फर्कने क्रममा उनी च्यासलमा आबद्ध भएका थिए ।
च्यासलबाट खेल्दा उनी ए डिभिजन लिगमा आफ्नो खेल जीवनको एक सयौं गोल पूरा गरेका थिए । ए डिभिजन लिगमा सय गोल पूरा गर्ने उनी एक मात्र खेलाडी हुन् । गत सिजन पनि उनले च्यासलबाटै ए डिभिजन लिग खेलेका थिए । राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन पनि लामो समयपछि यसै सिजन थ्री स्टारमा फर्केका थिए ।

जारी लिगमा छैटौं चरणको समाप्तीमा १० अंकसहित थ्री स्टार अंकतालिकाको छैटौं स्थानमा छ । १४ अंकका साथ मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा छ । सातौं चरणमा सोमबार थ्री स्टारले मनाङको सामना गर्दा सम्भवत सन्तोष पनि खेल्छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]