default_image

3 years ago

April 8, 2023

बेन्जेमा, मोड्रिच र क्रुस रियलमै रहनेछन् – प्रशिक्षक एन्सेलोटी

294 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले फरवार्ड करिम बेन्जेमा, मिडफिल्डरद्धय लुका मोड्रिच र टोनी क्रुस अर्को सिजन रियल म्याड्रिडमै रहने विश्वास व्यक्त गरेका छन् ।

यि तीनैजना खेलाडीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिने अन्त्यतिर रहँदा प्रशिक्षक एन्सेलोटीले उनीहरु र क्लबबीच सम्झौता नविकरणबारे छलफल भइरहेको बताएका छन् ।

फ्रान्सका पूर्व फरवार्ड ३५ वर्षीय बेन्जेमा र ३७ वर्षीय क्रोएसियाका कप्तान तथा मिडफिल्डर मोड्रिचले सन् २०१४ देखि रियलबाट पाँचपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । यस्तै जर्मनीका पूर्व मिडफिल्डर ३३ वर्षीय क्रुसले चारपटक च्याम्पियन्स लिग जितेका छन् ।

‘मलाई लाग्छ कि उनीहरु अर्काे सिजन पनि क्लबमै रहनेछन् ।’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनीहरुले नयाँ सम्झौताको विषयमा छलफल गरिरहेका छन् ।’

रियलले सन् २०१६ देखि एडुआर्डो कामाभिंगा, ड्यानी सेबालोस, ओरेलिएन चुआमेनी र फेडेरिको भाल्भर्डेलाई अनुबन्ध गरेर भविष्य तयार पारिरहेको छ । यो सिजन क्रुस र मोड्रिचले केही कम खेल खेलेपनि आफ्नो प्रभाव जमाइरहेका छन् ।

चोटका कारण सुरुवाती समयको खेल गुमाएको बेन्जेमा रियलको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । बेन्जेमाले बुधबार राति कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाविरुद्ध ४–० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

‘मलाई लाग्छ तिनीहरु (बेन्जेमा, क्रुस र मोड्रिच) क्लबमै रहनेछन् ।’ एन्सेलोटीले थपे, ‘हामीले खेलाडीको उमेरको नभई उनीहरुको प्रदर्शनको मुल्यांकन गर्नुपर्दछ । तपाईंले सोच्न सक्नुहुन्छ कि यी तीन खेलाडीमा युवा खेलाडीको जस्तो उर्जा छैन । तर, खेलको सन्दर्भको यि तीनको प्रभाव अद्धितिय छ । यस्ता प्रभावशाली खेलाडी सहजै पाइनेछैन ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.