3 years ago
April 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो हाफमा भियतनामविरुद्ध २-० ले पछि परेको छ । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको खराब गोलरक्षणले लगातार दोस्रो खेलमा निरन्तरता पाउँदा नेपाल पछि परेको हो ।

खेलको छैटौं मिनेटमा नै भियतनामले अग्रता लियो । गुएँ थि माइ आङको कर्नरमा फाम हाइ एनले गोल गरेकी थिइन् । उनको निकै फितलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको काँध मुनिबाट गोल भएको थियो । त्यसको एक मिनेट नबित्दै भियतनामले अग्रता दोब्बर पार्यो । पहिलो गोलको ८५ सेकेन्डपछि नै फामले अग्रता दोब्बर पारिन् । ट्रान थि थु थाओको लामो पासलाई फामले छातीले नियन्त्रणमा लिँदै गोलरक्षक एन्जिलाको टाउको माथिबाट गोल गरिन् ।
२३ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीको प्रहार गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्राले नै डिफेन्स लाइन तोड्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक हांग बाधक बनिन् ।
नेपालले पहिलो लेग ५-१ ले हारेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]