3 years ago
April 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो हाफमा भियतनामविरुद्ध २-० ले पछि परेको छ । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको खराब गोलरक्षणले लगातार दोस्रो खेलमा निरन्तरता पाउँदा नेपाल पछि परेको हो ।

खेलको छैटौं मिनेटमा नै भियतनामले अग्रता लियो । गुएँ थि माइ आङको कर्नरमा फाम हाइ एनले गोल गरेकी थिइन् । उनको निकै फितलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको काँध मुनिबाट गोल भएको थियो । त्यसको एक मिनेट नबित्दै भियतनामले अग्रता दोब्बर पार्यो । पहिलो गोलको ८५ सेकेन्डपछि नै फामले अग्रता दोब्बर पारिन् । ट्रान थि थु थाओको लामो पासलाई फामले छातीले नियन्त्रणमा लिँदै गोलरक्षक एन्जिलाको टाउको माथिबाट गोल गरिन् ।
२३ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीको प्रहार गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्राले नै डिफेन्स लाइन तोड्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक हांग बाधक बनिन् ।
नेपालले पहिलो लेग ५-१ ले हारेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]