default_image

1 year ago

April 8, 2023

नेपाललाई हराउँदै भियतनाम ओलम्पिक छनोटको दोस्रो चरणमा

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको महिला राष्ट्रिय टोली पेरिस ओलम्पिक २०२४ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा २-० को जित हासिल गर्दै भियतनामले स्थान पक्का गरेको हो । पहिलो खेलमा भियतनाम ५-१ को जित दर्ता गरेको थियो ।

खेलको छैटौं मिनेटमा नै भियतनामले अग्रता लियो । गुएँ थि माइ आङको कर्नरमा फाम हाइ एनले गोल गरेकी थिइन् । उनको निकै फितलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको काँध मुनिबाट गोल भएको थियो ।

त्यसको एक मिनेट नबित्दै भियतनामले अग्रता दोब्बर पार्यो । पहिलो गोलको ८५ सेकेन्डपछि नै फामले अग्रता दोब्बर पारिन् । ट्रान थि थु थाओको लामो पासलाई फामले छातीले नियन्त्रणमा लिँदै गोलरक्षक एन्जिलाको टाउको माथिबाट गोल गरिन् ।

२३ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीको प्रहार गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्राले नै डिफेन्स लाइन तोड्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक हांग बाधक बनिन् ।

दोस्रो हाफमा नेपालले गोलरक्षक एन्जिलाको स्थानमा अन्जना राना मगरलाई मैदान उतारेको थियो । ६६ औं मिनेटमा नेपालको गोल फर्काउने अवसरमा पोस्ट बाधक बन्यो । दिपा शाहीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लाग्दै फर्केको थियो ।

यस नतिजासँगै नेपालको पेरिस २०२४ ओलम्पिक छनोटको यात्रा सकिएको छ । यसअघि सन् २०१८ मा नेपालले समूह चरणमा अपराजित रहँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यसबेला नेपालको समूहमा रहेका भारत, बंगलादेश र म्यानमारसँग नेपालले समान १-१ को बराबरी खेलेको थियो ।

July 25, 2024

एएफसी प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिनाको अन्त्यमा खेल्ने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने भएको छ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्य्च बल उपलब्ध गराउने भएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि […]

July 25, 2024

करिब दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिना पराजित

एजेन्सी – गोल गरेको करिब २ घण्टापछि गोल रद्द भएपछि पेरिस ओलम्पिकमा पुरुष फुटबलको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना मोरोक्कोसँग २-१ ले पराजित भएको हो । सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा र ४९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई खेलमा २ गोलको अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जिउकियानो सिमिओनेले अर्जेन्टिनाका लागि एक […]

July 24, 2024

बंगलादेशले भुटानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीले भुटानलाई फराकिलो अन्तरले पराजित गरेको छ । भुटानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा ५-१ को हार बेहोर्नु पर्यो । १३ औं मिनेटमा पेमा छोडेनले भुटानलाई अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफमा बंगलादेशले ५ गोल फर्काउँदै […]

Success

Thank you for your time.