default_image

3 years ago

April 9, 2023

भिल्लारियलसँग रियल म्याड्रिडको हार

320 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग हार बेहोरेको छ । रियल भिल्लारियलसँग ३–२ ले पराजित भएको हो ।

रियललाई पराजित गर्न भिल्लारियलका सामुइल चुकविजीले दुई तथा जोश लुइस मोरालेसले एक गोल गरे । रियलका भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा बुधबार राति बार्सिलोनालाई पराजित गरेको रियलले खेलमा दुई पटक अग्रता लिएर पनि अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पराजय भोग्न पुग्यो ।

रियलले खेलको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ३९औं मिनेटमा सामुइल चुकविजीले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । उनले ड्यानियल सेवालोसको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ ले अघि बढाए । उनले एलेक्स बेइनाको पासलाई सदुपयोग गरेका थिए ।

८३औं मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेपनि भिएआरबाट पेनाल्टीले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा पराजित हुन पुग्यो ।

यस हारसँगै रियलको लालिगाको उपाधिको सम्भावना टाढिदै गएको छ । दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि छ ।

रियलको २८ खेलबाट ५९ अंक रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंक छ । रियललाई हराएको भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.