default_image

3 years ago

April 9, 2023

मच्छिन्द्रको दोस्रो जित

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटालाई पराजित गर्दै दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गरेको हो ।

किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित गरेको हो । फरवार्ड विमल घर्ति मगर र ओलावाले आफिजले मच्छिन्द्रका लागि गोल गरेका थिए । मनिष डाँगीले संकटाका लागि बराबरी गोल फर्काएपनि जित हासिल गर्न सकेन । यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अन्क्काका साथ आठौं स्थानमा झरेको छ ।

खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले गोललाइन अगाडी उत्कृष्ट क्लिअर गर्दै स्कोर गोलरहित नै राखे । मनिष डाँगीले दिएको कटब्याकमा गोलरक्षक बिट भएपनि निसेनले बललाई पछाडी रहेका संकटाका खेलाडीसम्म पुग्न दिएनन् ।

१९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे । तर संकटाले २ मिनेट नबित्दै खेल बराबरी गर्यो । मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

इन्ज्युरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । आन्द्रेस नियाको उत्कृष्ट थ्रु पासमा डिफेन्स बिट हुँदा चेन्चोले हतारमा पहिलो टचमै गरेको प्रहार टिकेन्द्रले सहजै बचाए ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुन: अग्रता लियो । निसेन सुब्बाको लो क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए । उक्त प्रहार गोलरक्षक टिकेन्द्रले बचाएपनि रिबाउन्ड पोस्टभित्र जान पुगेको थियो । टिकेन्द्रले दोस्रो बल बचाउने प्रयास असफल हुँदा मच्छिन्द्र अघि बढेको हो ।

५५ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा आफिजको डाइभिङ हेडर पोस्टमा लागेर फर्कियो । लगत्तै अर्कोतर्फ युसेफ अथ्रिसको लामो दुरीको प्रहारलाई गोलरक्षक विशालले विफल पारे । उक्त रिबाउन्ड प्रहार गर्ने क्रममा जुनिअर एन्कुंगेले विशालमाथि फल गर्न पुग्दा स्थिति असामान्य बन्न पुगेको थियो ।

७० औं मिनेटमा विमलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक टिकेन्द्रले मुस्किलले बचाए । ७५ औं मिनेटमा अफिजको प्रहार पुन: पोस्टमा लाग्यो । विमलको थ्रु पासमा अफसाइड ट्रयाप बिट भएपछि आफिजले वन भर्सेस वनमा गरेको प्रहार पोस्टमा लागेको थियो ।

दोस्रो हाफमा थप गरिएको समयमा छिरिङ गुरुङ आफ्नै खेलाडीसँग ठोक्किन पुग्दा अचेत अवस्थामा पुगेका थिए । उनलाई होस फर्किएपछि थप उपचारका लागि अस्पताल लागिएको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.