default_image

3 years ago

April 9, 2023

होसमा फर्किए छिरिङ, स्थिति सामान्य

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग अन्तर्गत संकटा क्लबविरुद्ध घाइते भएका मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर छिरिङ गुरुङ होसमा फर्किएर सामान्य स्थितिमा आएका छन् ।

दशरथ रंगशालामा आइतबार भएको खेलको अन्तिम समयमा छिरिङ आफ्नै क्लबका पुजनसँग ठोक्किन पुगेका थिए । उनको टाउकोमा लागेपछि अकस्मात मैदानमा ढलेर अचेत भएका थिए । नजिकै रहेका संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले मुख खोलेर स्वासप्रस्वास रोकिन नदिएपछि टिम फिजियो सुरज भुसालसहित एन्फाको मेडिकल टोलीले तुरुन्त उनलाई होसमा ल्याउन सिपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिएको थियो ।

झन्डै १ मिनेट अचेत रहेका उनलाई होसमा आएपछि एम्बुलेन्समा नजिकै रहेको ब्लु क्रस अस्पताल पुर्याइएको थियो । अस्पताल लगेपछि उनको प्रारम्भिक परिक्षणमा सामान्य अवस्था देखिएको क्लबका व्यवस्थापक अनिल श्रेष्ठले जानकारी दिए । उनको थप परिक्षण भने अस्पतालमा राखेर हुने बुझिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.